Thursday, October 8, 2015

Report 2015 e-Dolpa


देश      -     जिम्मेवारी       स्वभिमान

               दुर्गम क्षेत्रको बिकासका लागि परानीर्भरताको संस्कारलाई निरुतशाही गर्दै स्थानिय समुदाय, सुगम र परदेशका सबै नेपालीहरुलाई  आफ्नो देश, समाज र दुर्गम क्षेत्रको शैक्षिक स्वास्थ्य र समाजिक बिकासमा सहभागी गराउंदै   "देश - जिम्मेवारी स्वभिमान्" को भाव जगाउंदै  आफ्नो देश, समाज र दुर्गम क्षेत्रको बिकास हामी आफैले गर्नु पर्छ भन्ने सबैलाई सिकाउने र आफै गर्न सक्छौं भन्ने संसारलाई देखाउने उद्धेश्यले संसारकै सबैभन्दा दुर्गम उप्पल्लो डोल्पामा यो यक्षेर प्राथमिक विद्धलय सन्चलित छन । 

                  कर्णाली अन्चल, डोल्पा जिल्लाको उपल्लो डोल्पा साल्दाङ गा वि स वडा नं. १ स्थित निजाल गाउँमा  अवस्थित यो बिद्धालय जिल्ला शिक्षा कार्यालय दुनै, डोल्पा को तथाङ्क अनुसार वि सं २०३७ साल मा स्थापना भएको हो तर विभिन्न कारणले संचालनमा आएको थिएन । र सन २०११ देखी "Snow Yak Foundation" स्नो याक फउन्देसन ले स्थानिय समुदाय र नेपाली मात्रको साथ सहयोगमा विध्यालय संचालन गरिदै आएका छन ।   
2015AD / २०७२ बि. .  विद्ध्यालय संचालनको पाचौं बर्ष हामीले नयाँ भर्ना भएका कम उमेर का नबालक विद्ध्यार्थिहरुका लागी पुर्व प्राथमिक कक्षा KG र प्राथमिक कक्षा १ देखी ४ सम्म संचालन गरियो । केहि विद्ध्यार्थिहरुलाई उनिहरुको उमेर र क्षमता अनुसार कक्षा चढाइयो । केहि कमजोर  र कक्षा चढाइएका विद्ध्यार्थिहरुका लागी विद्ध्यालय भन्दा अघी र पछी अतिरिक्त कक्षाहरु संचालन गरी उनिहरुको बौद्धिकस्तर पठनपाठन सुधार गर्ने प्रयासहरु गरियो । 

               यो बर्ष April 3rd , बैशाख २० गते आइतबार देखी विद्ध्यालय संचालन गरियो । महाभूकम्पका कारण काठमांडौबाट volunteer शिक्षकहरु  विद्ध्यालय संचालन भएर पनि समयमा पुग्न नसकेको अवस्थामा  हाम्रा तल्लो डोल्पा र उपल्लो डोल्पाका शिक्षकहरु १) निमटाशी गुरुङ २) हिरा बुढा ३) बिष्णुलाल बुढा लाई साथ दिना पेमा छिरिङ र अर्का स्थानिय युवा लामा पठनपाठनमा सहयोग गरी विद्ध्यालय सुचारु संचालन गर्न साथ दिनु भयो ।

      १) विनोद शाही २) अश्मिता खनाल ३) अरनिशोभा जोशी ४) सरन(कपिल्) कार्की  ५) प्रेममाया लामा काठमांडौबाट निजाल र टिलिङ गाउँहरुका लागी Volunteers छनौट भएका थिए । बैशाख १४ गते, अप्रिल २७ मा हिड्ने योजना बनाइएको थियो तर बैशाख १२ गते, अप्रिल २५थ को महाभूकम्पबाट प्रभाबित भएर योजना अनुरुप तोकिएको मितिमा प्रस्थान गर्न सकेन ।  
आफै बिचल्लिमा तर पनि अरु बिचल्लिमा परेका भुकम्प प्रभाबित क्षेत्रहरुमा पिडितहरुको उद्दार र राहतमा वोलुन्तीर्स र स्नो याक फाउन्देसनका सदस्यहरु सबै बिभिन्न ब्यक्ती संस्था र समुहहरु सँग सहकार्य गर्दै स्वयंसेवामा तनमन ले लागि परे ।    
डोल्पा जाने Volunteers जेठ २८ गते , जुन ११ मा मात्र काठमांडौबाट हिड्यो । र स्नो याक फाउन्डेसनका सहयोगी सहकर्मी GOMA Air को सहयोग  ५ जना Volunteers लागि  काठमांडौ-सुर्खेत र नेपालगन्ज-जुफाल हावाइ तिकेट हरु बाट तल्लो डोल्पा पुगियो । GOMA Air कै सहयोगमा काठमांडौ बाट जुफाल तल्लो डोल्पा सम्म पठाउनु भएको विध्यालयका १६ पोका ५८० KGsJune 15th  मा विध्यालयका २ तेन्त र अन्य कारीब ६० KGs सामान काठमांडौ देखी जुफाल सम्म ढुवनी सहयोग गर्नु भयो ।
काठमांडौ बाट
# एकता बूक्स (सहयोगी सहकर्मि) बाट प्राप्त कक्षा १-५ सम्मका किताबहरु ३ बोक्स ९० क्ग्स 
# रोत्रक्त क्ल्ब पिपलस कोल्लगे र रोतरक्त क्लब न्यूरोड सिटी को अग्रसरता म  काठमांडौका बिभिन्न विद्धयालयहरु बाट  संकालीत विद्ध्यालय सामाग्री हरु र
#स्नोयक सोफिना रन्जित र मोतिराम महर्जन जि को अग्रसरता म ८ जना शिक्षकहरु र १२ जना विद्ध्यार्थिहरुका लागि खाना मसला
#Nepal Share (न्यनो संसार्) Clean Nepal बाट विद्ध्यार्थिहरुका लागि लुगा,जुत्ता टोपिहरु
# Believers  बाट कक्षाहरु संचलन गर्न  प्राप्त २ ठुलो पालहरु टेन्त्स ३९ केगि(११+२८)  र्
# अन्य  विद्ध्यालय, शिक्षक र ६ महिना बस्न अवस्यक सबै संकलित सामाग्रीहरु
 solar बत्तिहरु सबै गरेर  १६+२ बोरा कारीब ५४० केजी 


# १६+ बोरा  करिब ५४०केगी सामानहरु Goma Air ले काठमांदौ देखी डोल्पाको एअरपोर्ट जुफाल सम्म ढुवानी गर्न सहयोग गर्नु भयो 
# SEN(Sustainable Energy Nepal) सगुन जि बाट सहयोग प्रप्त सोलर ब्याटरिहरु
# त्यस्तै Mountain Helicopter ले विद्ध्यालयका किताबहरु, स्पेअकेर्, डोल्पका एक जोडी बृद्ध बुजुर्ग मेमेइभी का होर्लिक्स्, जुस काठमांदौ देखी दुनै,डोल्पा सम्म ल्याइदुनुभयो

यसरी बिभिन्न स्थान समयमा संकलित समानहरु तल्लो डोल्पाका दुनै, जुफाल्, फोकशुन्धो बिभिन्न स्थान पुगेका थिए त्यि सबै सामानहरु लाई एकैठाउँ ब्लु शिप इन्न्, दुनै मा जम्मा गरेर हाम्रो विद्ध्यलय सल्दाङ निजाल माथिल्लो डोल्पा सम्म ल्याउने व्यबस्था मिलाएर हाम्रा वोलुन्तीर्स  ११,१५ जुन मा काठमांडौबाट हिंडेको बिभिन्न चारनमा सबै २२ जुन मा दुनै पुगेर सबै समान्आ हरु  जम्मा गरेर हाम्रो विद्ध्यलय सल्दाङ निजाल माथिल्लो डोल्पा सम्म ल्याउने व्यबस्था मिलाएर २६ मा मात्र दुनै बाट हिडंन शुरु गरी जुलाई मा मात्र निजाल पुग्यो ।

Tilling Volunteer Program
त्यस्तै हाम्रा छिमेकी गाउँ टिलिङमा स्थानिय योन्तेन गुरुङ स्थानिय युवाहरु द्वरा संचालित मुकोत हिमाल प्राथमिक विद्ध्यालय मा उहांहरुकै अनुरोधमा किताबहरु विद्ध्यालय समग्री हरु सहयोग प्रदान गरियो हाम्रा जना वोलुन्तीर्स ) कपिल्(सरन ) कार्की ) प्रेममाया लामा तामाङ  ले त्यहाँ १८ जना बलबालिका पठनपठान गराउंदै छन     

Yeatser Primary School Activities
निम्न कक्षा समय तालिका अनुसार हाम्रो विद्यालय बिहान 8:30 am Morning Assembly मा प्रार्थना राष्ट्रिय गान संगै व्यक्तिगत सरसफाइ र व्यक्तित्व विकास नेतृत्व विकासका बिभिन्न क्रीयाकलाप गरिन्छ र 9am देखी बेलुका 4 pm सम्म नेपाली English, Tibetan, Science, Mathematics   अन्य ऎछिक विषयहरुको पढाई हुन्छ 4 बजे पछि विद्यार्थीको रुचि अनुसार विभिन्न अतिरिक्त क्रियाकलाप हरु गराइन्छ . अवश्यकता अनुसार अतिरिक्त कक्षाहरु पनि संचालन गरिन्छ .
बेलुका कम उज्ज्यालो सोलर बत्तिमा गृहकार्य गर्दा बच्चाहरुको सारीरिक मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएकोले कक्षा देखी सम्मका विद्ध्यार्थिहरुलाई खेल्दै ग्रहकार्य गर्न 6 बजे सम्म विद्ध्यालयमा नै राखिन्छ नआएका नबुझेका शिक्षिक शिक्षिका सँग सिक्छन धुक्कले खेल्दै घर फर्किन्छन
             सँग बेलुका बेलुका होस्तेल बस्ने विद्ध्यार्थिहरु सङगै कथा वाचन गर्ने कार्यक्रम पनि राख्छौं त्यि कथाहरु संकलन गरी डोल्पाको कथाको किताब पनि प्रकाशन गर्ने योजना पनि    
 अवश्यकता अनुसार समुदायका मानिसहरु संग पनि विभिन्न अवसरमा भेटघाट, कार्यक्रमहरुबाट विद्यालयको सुधार तथा विकासका लागि छलफल सल्लाह सुझाव आदानप्रदान गरिन्छ

यार्चागुम्बु संकलन बिढा (जुन ३०-जुलाई२१)
            डोल्पाका मनिसहरुको प्रमुख आर्थिक स्रोत यार्चागुम्बु संकलण गर्न भोट क्षेत्रका, डोल्पा भरिका डोल्पा तलका रुकुम जाजरकोटका कती गाउँहरुमा सबै काम थाती राखी विद्ध्यालय क्याम्पस पनि बिढा गरी हिमाल हिमाल तिर यार्चागुम्बु खोज्न जन्छन हाम्रो विद्ध्यालयमा पनि जुन ३०-जुलाई २१ सम्म २२ दिन बिढा दिने वि. व्य. . (विद्ध्यालय व्यबस्थापान समिति) शिक्षकहरुको भेलाले निर्णय भए अनुरुप कक्षा का सबै कक्षा का केहि शिक्षकहरु  निमाताशि, हिरा बिष्णुलाल लाई बिढा दिइयो   
बाकी शिक्षकहरु बाकी विद्ध्यार्थिहरु सँग कक्षाहरु संचालन गर्छन शिक्षकहरु विद्ध्यार्थिहरु सबै उपस्थित नभएका त्यि दिनहरुमा समुहिक कक्षाहरु (combine class) अतिरिक्त क्रीयाकलाप (extra activities) बढी गराइन्छ  

अर्ध-बार्षिक परिक्षा (अगस्त २४-२८ भाद्र -११)
अगस्त २४-२८ भाद्र -११ सम्म विद्ध्यार्थी भाइबहिनिहरुले कती शैक्षिक प्रगती गर्यो भनेर अर्ध-बार्षिक परिक्षा लिइयो
परिक्षामा सबै ३२ जना विद्ध्यार्थिहरु सहभागी भए  

परिक्षाको नतिजा सन्तोषजनक नै रह्यो   

0 comments:

Post a Comment